काठमाडौं। कैलालीको बर्दगोरिया गाउँपालिका–४ दानुवाफाटामा मुक्त कमैयाका लागि घर निर्माण गरिएको छ। सुरक्षित आवास परियोजना अन्तर्गत बर्दगोरियामा मुक्त कमैयाका लागि १२ वटा घर निर्माण गरिएको हो।
८० लाख ९४ हजार लागतमा ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र सुदूरपश्चिम प्रदेश सरकारले घर निर्माण गरेको हो।
यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३७ लाख ३३ हजार, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले २७ लाख ७७ हजार लगानी गरेका छन् भने स्थानीय लाभग्राहीहरूले १५ लाख ८४ हजार बराबरको श्रमदान गरेका छन्।