काठमाडौं। आश्रमको भवन निर्माण गर्नका लागि महायज्ञ आयोजना गरिएको छ। सुर्खेतमा मंसिर २१ गतेदेखि २८ गतेसम्म महायज्ञ आयोजना गरिएको हो।
उक्त महायज्ञ वीरेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरिने बताईएको छ। महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने आयोजनाले जनााएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने बताईएको छ।
भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताइएको छ।