काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज सुनको मुल्य तोलामा छ सय रुपैयाँले घटेको हो।
आज छापावाला सुनको मुल्य तोलामा एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला रू. १० ले बढेको छ। आज चाँदी प्रतितोला रू. एक हजार आठ सय ९० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।