काठमाडौं। मङ्गला सहाना पुनर्स्थापना केन्द्रको भवन निर्माण हुने हुने भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ गुन्डुमा रहेको सहाना पुनस्थापना केन्द्रको जग्गा विवाद सुल्झिएपछि उक्त स्थानमा भवन निर्माण गरिने भएको हो।
भक्तपुरको गुन्डुमा २०७१/७२ सालमा १० रोपनी क्षेत्रफलमा भवन बनाउन खोज्दा जग्गा विवाद भएको थियो। १० वर्षदेखि रोकिएको समस्या सुल्झिएपछि भवन बन्ने निश्चित भएको हो।
पुनस्र्थापना केन्द्रभित्र आवाससहितको भवन, प्रशासन भवन, अस्पताल, कर्मचारी आवास, तालिम हल, खेलकुद, सुरक्षा गार्ड क्वाटर पुस्तकालय, मनोरञ्जन कक्ष र भान्साघरसमेत हुने गरी सुविधासम्पन्न भवन निर्माण गरिने छ। भवन निर्माणका लागि नेपाल सरकारको ७० प्रतिशत र दातृनिकायको ३० प्रतिशत गरी कुल ३० करोड बजेट विनियोजन गरिएको छ।