बेनी। जिल्लाको चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ। पुरानो भवनबाट सेवा दिदैँ आएको स्वास्थ्यचौकीको नयाँ पक्की भवन निर्माण भएको हो।
गाउँपालिका र संघीय सरकारको एक करोड ७९ लाख ३९ हजार ३२ लागतमा स्वास्थ्यचौकीको नयाँ पक्की भवन निर्माण गरिएको बताईएको छ।
उक्त नयाँ पक्की भवन दुईतले सुविधासम्पन्न रहेको छ। सो नयाँ भवनको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरेका हुन्।
पुरानो र साघुँरो भवनबाट सेवा दिदैँ आएको स्वास्थ्यचौकीले अब नयाँ भवनबाट सहज रुपमा सेवा उपलब्ध गराउने भएको छ।
विकट स्थानमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएपछि स्थानीय पनि निकै खुशी भएका छन्।