काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको हो।
आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।