काठमाडौ। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा दुई हजारले सुनको मुल्य बढेको हो।
आज छापावाला सुन तोलामा एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।