पाँचथर। तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ। विद्यालयको १८ कोठे नयाँ भवन निर्माण भएको हो।
नवनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा उक्त विद्यालय भवन निर्माण सम्पन्न भएको बताईएको छ।
प्रधानमन्त्री ओलीले आफ्नो प्रारम्भिक शिक्षा पनि सोही विद्यालयबाट लिएका हुन्।