काठमाडौं। तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माण गरिने भएको छ। भारत सरकारको सहयोगमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गरिने भएको हो।
भवन निर्माणका लागि तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका छन्।
३.५४ करोड लागतमा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माण गरिने बताइएको छ। उक्त स्वास्थ्य चौकी भवन निर्माण हुने भएपछि सो स्थानका स्थानीय पनि खुशी भएका छन्।