काठमाडौं। काभ्रेको रोशी गाउँपालिकाका बाढीपहिरो पीडितका लागि अस्थायी आवास निर्माण गर्न सुरु गरिएको छ। गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावितका लागि रोशी गाउँपालिकाले अस्थायी आवास बनाउन सुरु गरेको हो।
गाउँपालिकाले पहिलो चरणमा पूर्ण रुपमा क्षति भएका परिवारका लागि आवास निर्माण गर्न सुरु गरेको जानकारी दिएको छ। पालिकाले अहिले वडा नम्बर २ बाट निर्माणको काम सुरु गरेको समेत जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको छ । गत असोजको बाढीपहिरोमा परी रोशी गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने ४८२ घर पूर्ण रुपमा र ८८३ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन्।