काठमाडौं। सानो गौचरन स्टेडियम पुनर्निर्माण गर्न सुरु गरिएको छ। सानो गौचरन स्टेडियम पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले शिलान्यास समेत गरेकी छन्।
शिलान्यासका क्रममा उपप्रमुख सुनीता डङ्गोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको जानकारी दिएकी छन्। उनले सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकाससँगै लैजानुपर्ने बताइन्।
स्टेडिम पुनर्निर्माणका लागि १८ करोड ८६ लाख ७४ हजार ८२७ मा शुभ कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ ।