काठमाडौं। रसुवाको धैबुङ्गस्थित कालिका गाउँपालिकाले अपाङ्ग असाहाय र मानव आश्रम भवन निर्माण गर्ने भएको छ। अपाङ्ग, असाहाय र मनोरोगी मानिसको उद्धार गरी आश्रय दिने उद्देश्यले सो भवन निर्माण गर्न लागिएको हो।
अपाङ्ग र असाहाय भएका व्यक्तिहरुको मानव अधिकार र संरक्षणका लागि भवन निर्माणको योजनालाई अघि बढाइएको हो। शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुले उचित रुपमा संरक्षण र सुरक्षा नपाएका अवस्थालाई अन्त्य गर्ने उद्देश्यले सो भवन निर्माण गर्न लागिएको हो। यस भवन निर्माण भएपछि असक्त भएर सडकमा बिचल्लि भएका मानिसहरुले आश्रय पाउने गाउँपालिकाले विश्वास रहेको छ।
करिब २ करोड ५५ लाख भन्दा बढी लागतमा अपाङ्ग असाहाय र मानव आश्रम भवन निर्माण हुने भएको छ। सो भवन निर्माणको लागि ज्ञानज्योति/बिआइएस–जेभी निर्माण कम्पनीले उल्लिखित रकममा ठेक्का कबुल गरेको छ। हाल गाउँपालिका र निर्माण कम्पनीबिच सो भवन निर्माण ठेक्का सम्झौताको चरणमा रहेको छ। ठेक्का सम्झौता सकिएपछि लगत्तै भवन निर्माणको कार्यलाई तिव्रता दिने निर्माण कम्पनीको योजना रहेको छ।