काठमाडौं। बागलुङको बुर्तिवाङ अस्पताल उद्घाटन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शुक्रबार बुर्तिवाङ अस्पताल उद्घाटन गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले अस्पताल उद्घाटनका क्रममा सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने बताए। पाण्डेले एयर लिफ्टिङको लागत घटाउन पनि ग्रामीण क्षेत्रमा अस्पतालहरु चाहिएको बताए । गत वर्ष गण्डकी प्रदेश सरकारले ६७ जना गर्भवतीलाई प्रसूति समयमा हेली उद्धार गरेकोमा २९ जना बागलुङलगायतका ग्रामीण क्षेत्रका देखिएको उल्लेख गर्दै बुर्तिवाङ अस्पतालले प्रदेश सरकारको लागत घट्ने उनले विश्वास व्यक्त गरे । नागरिकको जीवन बचाउन सकेमा आर्थिक विकास छिटो हुने पाण्डेको भनाइ छ।
गण्डकी प्रदेश सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपिपलमा चालु वर्ष अस्पताल बनाएको हो । यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्ययभार थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वतस् बढ्ने उनको भनाइ छ ।