काठमाडौं। मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा निर्माणाधीन नाट्यघरमा आगलागी भएको छ। बिहीबार दिउँसो ३ बजेतिर निर्माण भइरहेको नाट्यघरमा आगोलागि भएको हो।
खरले छाएका दुई वटा घरमध्ये एउटा जलेर नष्ट भएको बताइएको छ। नगरपालिकाले लिजमा लिएर दुई वटा पौराणिक शैलीका घर बनाएको थियो। बाँस र खरमात्र प्रयोग गरी निर्माण गरिएका दुई घरमध्ये एउटा घर जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ। आगोलागिबाट करिब चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो वारुणयन्त्र, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो।