काठमाडौं। बाँके जिल्लाको नरैनापुर गाउँपालिका–१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरिएको छ। ‘सीमा बासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुरुप सशस्त्र प्रहरी बल नं ३० गण हेडक्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा भौतिक संरचना निर्माण गरिएको हो।
नेपाल भारत आवतजावत गर्ने सर्वसाधारणका लागि पिउने पानीको धारा, सार्वजनिक शौचालय र चौतारोसहित भवनको उद्घाटन समेत गरिएको छ। भारतसँग सीमा जोडिएको नरैनापुर–१ सुइयामा सार्वजनिक शौचालय, शुद्ध खानेपानीका लागि ट्याङ्कीलगायत संरचना रु दुई लाखमा निर्माण गरिएको हो । साथै डुडुवा गाउँपालिका–१ खडैँचामा प्रतीक्षालय र खानेपानी ट्याङ्की निर्माण गरिएको समेत बताइएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई लक्षित गरेर ‘सीमा क्षेत्र विकास योजना’ सञ्चालन गरी उक्त योजनाअन्तर्गत नेपाल–भारत सिमानाका स्थानीयको आवश्यकताअनुसार सशस्त्र प्रहरीले धारा, प्रतीक्षालय र शौचालय निर्माण गर्दै आएको छ।