काठमाडौं। मकवानपुरको राक्सिराङ गाउँपालिका–५ साचक टोलमा एक चेपाङ दम्पतीका लागि पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको छ। अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा कर्ण गुरुङको परिवारले बनाइदिएको पक्की घरमा शनिबार पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले चेपाङ दम्पतीलाई डोर्याउँदै घरभित्र प्रवेश गराइएकी छन्।
शौचालयसहितको पक्की घरको भुइँमा कार्पेछ बिच्छ्याएको र बिस्तरासहितको २ वटा पलङ समेत राखिदिइएको छ। ३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको नवनिर्मित घरमा सोलार पनि जोडिएको छ । पिउने पानीको धाराको समेत व्यवस्था गरिएको छ।
यसअघि १०० वर्षीय जयराम चेपाङको दम्पती साँघुरो घामपानी छिर्ने छाप्रोमा बस्दै आएका थिए।