दार्चुला। दार्चुला जिल्लामा ५० शय्याको अस्पताल भवन निर्माण गर्न शुरु गरिएको छ। तीन वर्षमा पूरा गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको अस्पताल भवनको हाल फिल्ड सम्याउनेदेखि जग खन्ने काम भइरहेको छ।
भवन निर्माणको जिम्मा वाईआर कन्ट्रक्सन प्रालिले पाएको छ। चार चलाको भवन निर्माणका लागि २६ करोड ठेक्का सम्झौता भएको हो।
२०७० सालको बाढी क्षति पुर्याएपछि अस्पतालको नयाँ भवन निर्माण गर्न लागिएको हो। यो भवन बहुउपयोगी हुने बताइएको छ। बाढीले अस्पतालको जमिन समेत बगाएकाले पुरानो भवन भएकै ठाउँमा भत्काएर नयाँ भवन निर्माण गर्न शुरु गरेको अस्पताल प्रशासनले जनाएको छ।