काठमाडौं। नारायणी अस्पताल वीरगन्जको भवन निर्माणमा ढिलाइ भएको भन्दै राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिएको छ। शुक्रबार अस्पताल भवन निर्माण संघर्ष समितिको आह्वानमा बिहान ११ देखि १२ बजेसम्म १ घण्टा चिकित्सकले अस्पतालको दुवैतर्फको भवनको बीचमा रहेको त्रिभुवन राजपथ अवरुद्ध गरेका हुन् ।
५ सय शय्याको भवन निर्माणको विषय न्यायालयमा अड्किएको छ । जीर्ण तथा पुरानो भवनका कारण बिरामी र चिकित्सकलाई सास्ती भइरहेकाले विवादको अविलम्ब निकास गरी भवन निर्माण सुरुवातका लागि दबाब दिन प्रदर्शन गरिएको समितिका संयोजक एवम् अस्पतालका चिकित्सक डा। नीरज सिंहले बताए ।
२०७४र७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सरकारले प्रत्येक प्रदेशमा ५ सय शय्याको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । त्यसअनुरूप मधेश प्रदेशअन्तर्गत नारायणी अस्पतालमा भवन निर्माण गर्न लागिएको हो । भवनका लागि १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार रुपैयाँ लागत अनुमानमा टेन्डर प्रक्रिया अगाडि बढेको थियो । टेन्डरमा एक मात्र बोलपत्रदाता ज्वाइन्ट भेन्चरको एनडीईरभीसीआईपीरएसएसएनसी ललितपुर पुल्चोक कम्पनी छनोट भएको थियो ।