काठमाडौं। ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि शिलान्यास गरिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गरेका हुन्।
भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका ईच्छा र आकांक्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै अब बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारको तर्फबाट यथोचित सम्बोधन हुने पनि आश्वासन दिए। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताए।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्नेगरी पाँचसय जना ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित अत्याधुनिक भवन बन्न लागेको हो । यो भवन पाँच तलाको हुने छ।