काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका–६ टुडिखेल वरपर अतिक्रमण गरेर बनाएका ३९ वटा घरटहरा भत्काइएको छ। नेपाली सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको हो।
नेपाली सेनाको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा नेपाली सेनाको गरुड दल, जनपद र सशस्त्र प्रहरीसहितको टोलीले हटाएको हो । सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन सूचना जारी गरेर अतिक्रमण हटाउने अभियान अर्न्तगत काम थालेको सेनाले जनाएको छ।
२००७ सालमा दोलखा र रामेछापको सदरमुकाम रहेको मेलुङमा तत्कालीन समयमा सेनाको टुकडी रहेको थियो । २०१८ सालमा दुई जिल्लाको प्रशासनिक ईकाई रहेको मेलुङ सोही वर्ष भएको राजनीतिक विभाजनपछि सदरमुकाम हटेको हो ।