काठमाडौं। ललितपुरस्थित भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास निर्माणमा देखिएको अवरोध हटाउन दिगो विकास तथा सुशासन समितिले निर्देशन दिने निर्णय गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई निर्देशन दिने निश्कर्ष निकालेको हो।
मन्त्री आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने र त्यसका लागि सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने समितिले निष्कर्ष निकालेको हो।
स्थानीयले उक्त आवासको तीनतिर ११ मिटर बाटो तय गरिएको, तर एकातिर भने ८ मिटर मात्रै भएकाले त्यसलाई पनि फराकिलो बनाउनुपर्ने माग गर्दै निर्माण कार्यमा अवरोध गरिरहेका छन्।
स्थानीयको मागलाई सम्बोधन हुने गरी सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिन लागिएको समितिले जनाएको छ।