काठमाडौं। सर्लाहीको चक्रघट्टा–५ मा आरसीसी फ्रेम गरिएको भवन निर्माण हुने भएको छ। सो भवन जनता माध्यमिक विद्यालय पडरियामा निर्माण हुन लागेको हो।
प्रदेश नं २ अन्तर्गतको सर्लाहीको चक्रघट्टा गाउँपालिका कार्यपालिकाको कार्यलयले सो भवन निर्माण गर्न लागेको हो। यसले शैक्षिक क्षेत्रमा थप टेवा पुग्ने छ। गाउँपालिकाले १ करोड ६९ लाख भन्दा बढी लागतमा आरसीसी फ्रेम गरिएको भवन निर्माण गर्न लागेको हो। पालिकाले भवन निर्माणको लागि ठेक्का आह्वान पनि गरेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि सो भवन निर्माण सुरु गर्ने गाउँपालिकाको योजना रहेको छ।
उक्त भवन निर्माण भएपछि जनता मा.विमा गुणस्तरी शिक्षा प्रदान गर्न सहयोग पुग्ने छ। पछिल्लो समयमा कोरोना महामारीको कारण थलिएको शिक्षा क्षेत्रको उजागर गर्ने उद्देश्यका साथ भवन निर्माण प्रक्रिया अघि बढाइएको हो। सो भवन निर्माण भएपछि जनता मा.विमा पठन पाठन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ।