काठमाडौं। धरान उपमहानगरपालिकामा महिला सञ्जालको भवन निर्माण सम्पन्न भएको छ। मंगलबार कोशी प्रदेशको सांसद यसोदा कायस्थ, धरान–१३ को वडाध्यक्ष नेत्र प्रसाद काफ्ले महिला सञ्जालको पूर्व अध्यक्ष चेतना श्रेङ लगायतले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
करिब ४५ लाख लागतमा डेढ तलाको बनेको नवनिर्मित भवनको जग्गा धरान उपमहानगरपालिका १३ वडाले प्रदान गरको थियो। भवन निर्माणको लागी सहरी विकास मन्त्रालय कोशी प्रदेश, धरान उपमहानगरपालिका, धरानको वडा कार्यालयहरु सहित विभिन्न व्यक्तित्वहरुले बजेट प्रदान गरि महिला सञ्जालको भवन निर्माण भएको बताइएको छ ।