काठमाडौं। रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालयको सुविधायुक्त भवन उद्घाटन गरिएको छ। गृहमन्त्री रमेश लेखकले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
उनले उद्घाटनको क्रममा मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको बताए। कर्मचारीहरूको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै उनले सचेत भएर सौहार्दपूर्ण तरिकाले सेवा दिन कर्मचारीलाई समेत आग्रह गरे। उनले उनले कार्यालयहरूमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने बताए ।
र्यटन क्षेत्रको विकास गर्न पनि सबैलाई राम्रो र असल व्यवहार गर्न जरुरी रहेको गृहमन्त्री लेखकको भनाइ छ।