काठमाडौं। बाग्लुङको ताराखोला गाउँपालिकाले ट्रेल ब्रिजको लागि स्टील पार्ट्सको निर्माण गर्ने भएको छ। गाउँपालिका कार्यपालिकाको कार्यलयले सो काम गर्ने भएको हो। जिल्लाको तारखोलामा पुल निर्माण गर्नको लागि स्टील पार्ट्स निर्माण गर्न लागिएको हो।
गाउँपालिकाले पुल निर्माणको लागि चाहिने स्टील पार्ट्स निर्माण गर्नको लागि ठेक्का आह्वान गरेको छ। पुलका लागि आवश्यक पर्ने स्टीलको पार्टपुर्जा निर्माण भएपछि पालिकाले ट्रस पुल निर्माण गर्ने भएको छ। ट्रेल ब्रिजको लागि स्टील पार्ट्सको निर्माण गर्न करिब ६५ लाख बढी लागत लाग्ने अनुमान गरिएको छ। गाउँपालिकामा रहेको तारखोलामा वर्षाको समयमा खोलाको बहाव बढ्ने भएकाले जोखिमपुर्ण यात्रा गर्नु पर्ने बाध्यता रहेको छ। सोही समस्यालाई समाधान गर्ने उद्देश्यले सो कार्य थालिएको हो।