काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसको भवन निर्माणको काम सुरु गरिएको छ । बजेटको स्रोत सुनिश्चित गरेर भवन निर्माणको काम सुरु गरिएको हो।
भवन निर्माणका लागि डेढ करोड बजेटको स्रोत सुनिश्चित गरिएको छ। भवन निर्माणका लागि ८३ लाख लागतमा शब्द कन्स्ट्रक्सन वीरेन्द्रनगर र शिक्षा विकास निर्देशनालयबिच ठेक्का सम्झौता भएको छ ।
२०८२ साल जेठ ३० सम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी २०८१ साल पुस २१ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । शैक्षिक पूर्वाधार निर्माण कार्य अन्तर्गत सुर्खेतसहित अन्य जिल्लामा पनि सम्झौता भई धमाधम काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाइएको छ । यो वर्ष स्थानीय सरकारलाई बढी अपनत्व लिने गरी भवन निर्माणको जिम्मासमेत दिइएको छ ।