काठमाडौं। पूर्वी सुर्खेतको रामघाटमा रहेको कृषि विज्ञान क्याम्पसको भवन निर्माणका लागि एक करोड बजेटको स्रोत सुनिश्चित गरिएको छ। क्याम्पसको भवन निर्माणका लागि स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडी बढाइएको हो।
भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । उनका अनुसार भवन निर्माणको काम धमाधम अगाडि बढेको छ ।
भवन निर्माणका लागि माउन्टेन शिवालिका कन्स्ट्रक्सन वीरेन्द्रनगर र शिक्षा विकास निर्देशनालय सुर्खेतसँग ६१ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको छ । २०८१ साल पुस २१ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो ।
सम्झौता अनुसार २०८२ जेठ ३० सम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । अहिले ठेक्का सम्झौता भई भवन निर्माणको काम भइरहेको छ । प्रदेशका विभिन्न जिल्लामा शैक्षिक पूर्वाधार निर्माणको काम थालिएको छ ।