काठमाडौं। मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घटेर क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ। नदीमा पानीको बहाव कम हुँदा आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको जलविद्युत् केन्द्रको उत्पादन घटेको हो।
केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रले जनाएको छ। उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ।