काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले सिमेन्टमा गरिएको अस्वाभाविक मूल्यवृद्धि तुरुन्त खारेज गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार जारी बैठककमा निर्माण व्यवसायी महासंघ अध्यक्ष सिंहले ‘कार्टेलिङ’ गरी सिमेन्टको भाउ अस्वाभाविक बढाउँदा पनि सरकार मूकदर्शक भएर बसेको भन्दै तुरुन्त खारेज गराउन ध्यानाकर्षण गराएका छन्।
उनले अभाव सिर्जना गरेर सिमेन्ट, छड लगायत सामग्रीको भाउ बढाइँदा पनि सरकार मूकदर्शन भएर बसेको आरोप लगाए । अध्यक्ष सिंहले भने, ‘सिमेन्ट, छड उद्योगीहरूले अस्वाभाविक मूल्यवृद्धि गरेका छन्, तर सरकार मौन छ। त्यसकारण सरकारले अविलम्ब कडा कदम चालेर मूल्यवृद्धि खारेज गराउनुपर्ने हाम्रो माग छ । राज्यले कारबाही नगरेका कारण पनि मूल्यवृद्धि गरिएको हो ।’
उत्पादन कटौती गरेर मूल्य बढाइएको र अनावश्यक अभाव सिर्जना गरिएको सिंहले थप आरोप लगाए । उनले भने, ‘सरकार मूल्यवृद्धिमा मूकदर्शक बन्न भएन । निर्माण उद्योग अहिले थला परेको छ । हामीलाई धराशायी बनाएर दृश अघि बढ्दैन । बढाइएको भाउ घटाइएन भने हामी थप मामा पर्ने छौं।’