काठमाडौं। सम्झौता अनुसार कालोपत्र गर्ने काम नभएपछि हरिसिद्धीका स्थानीयले आन्दोलन गरेका छन्। हरिसिद्धी–गोदाबरी सडकखण्डका स्थानीयले बाटो अवरुद्ध गरेर आन्दोलन गरेका हुन्।
यस अघि पनि स्थानीयले पटकपटक सडक मर्मत र कालोपत्र हुनुपर्ने माग सहित आन्दोलन गर्दै आएका थिए। तर माग सम्बोधन नभएपछि फेरि स्थानीयले सडक अवरुद्ध गरेका हुन्।
मंसिरमा ठेकेदारले सडक कालोपत्रे गर्ने भन्दै जनप्रतिनिधिको उपस्थितिमा सहमति गरेपनि सडक कालोपत्र नभएपछि फेरि आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन्।
उनीहरुले सडक बीचमा ढुंगा, पाइप, डिभाइडर राखेर सवारी साधन संचालनमा रोक लगाइएका छन्।