काठमाडौं। चाँगुनारायण नगरपालिकाभित्र ऊर्जामैत्री भवन निर्माणको व्यवस्था कार्यान्वयन गर्न आग्रह गरिएको छ। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बुधबार एक कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाभित्र ऊर्जामैत्री भवन निर्माणको व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका हुन्।
चाँगुनारायण नगरपालिका ऊर्जा प्रभावकारी भवन निर्माणसम्बन्धी कार्यविधि तयार गरी स्वीकृत गर्ने उपत्यकामा दोस्रो पालिका हो। ऊर्जा बचतको उद्देश्यले नगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्र व्यापारिक, सामुदायिक तथा आवासीय भवन निर्माण गर्दा ऊर्जामैत्री हुनुपर्ने व्यवस्था लागू गरेको उनले बताएका छन् ।
नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिका नयाँ सहरका रूपमा परिणत हुँदै गरेको अवस्थामा सहरलाई बस्न योग्य र ऊर्जामैत्री बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन्। नगरपालिकाले ऊर्जामैत्री भवन निर्माणका लागि कार्यविधि पास गरेर कार्यान्वयनको चरणमा जानकारी दिए।