काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा हस्तान्तरण गरिएको छ। मन्त्रिरिषद्को निर्णयअनुसार सरकारको नाममा कायम रहेको भोगचलनका जग्गा भवन निर्माणका लागि दुई स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी नमोबुद्धको मेथिनकोट र तेमालको पोखरी नारायणस्थानमा प्रहरी चौकी निर्माणका लागि छ–छ रोपनी जमिनको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालयलाई दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे। यही चैत ४ गते सरकारको निर्णयले दुई स्थानीय तहमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।
नमोबुद्ध नगरको भकुण्डेमा चौकी भवन निर्माणका लागि साविक मेथिनकोट–६ मा रहेको कित्ता नं ८५ को छ रोपनी तथा साविक पोखरीनारायणस्थान–३ तेमालका लागि ४६३ नम्बरको छ रोपनी जमिन दिने निर्णय गगरिएको थियो ।