खोटाङ। जिल्लाको रावाबेंसी गाउँपालिका–२ खार्पामा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । आइतबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय खोटाङकाअनुसार २ करोड ९५ लाख लागतमा उक्त भवन निर्माण गरिएको हो।
नवनिर्मित साढे दुई तले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्षहरुसहित एटेज शौचालय सुविधा सहितको महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालय सहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवाश, मरोजञ्जन हल लगायतका ११ वटा कोठाहरू छन् ।