काठमाडौं। बारा जिल्लाको पचरौता नगरपालिका बनौलीमा १५ शैय्याको आधारभुत अस्पताल निर्माण गरिने भएको छ। उक्त अस्पताल प्रदेश २ अनतर्गत बारा जिल्लाको पचतौरा नगर कार्यपालिकाको कार्यलयले गर्ने भएको छ।
हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिलाई अवलम्वन गर्दै नगरपालिकाले अस्पताल निर्माणको योजनालाई अघि बढाएको हो। सो क्षेत्रको प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच पुर्याउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको नगरपालिकाको कार्यलयले जनाएको छ।
अस्पताल निर्माण भएपछि नगर पालिकामा नै गुणस्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने नगरपालिकाको लक्ष्य रहेको छ। सो क्षेत्रमा अस्पताल भवन नहुँदा समयमा नै उपचार नपाएर बच्चा बुढाबुढी तथा गर्भवती महिलाहरुले अकालमा नै ज्यान गुमाउनु परेको छ। पहुँच हुनेहरुले हेलिक्प्टर चार्टर गरेर जिल्ला बाहीर उपचारको लागि लगेपनि पहुँच नहुने निमुखाहरुले अकालमा नै ज्यान गुमाउनु परेको छ। यस्ता असहनीय घटनालाई अन्त्य गर्ने लक्ष्यका साथ सो कार्य अघि बढाइएको हो। यसले स्वस्थ्य क्षेत्रको विकासमा पनि मद्धत पुग्ने छ।
उक्त अस्पताल भवन निर्माण गर्नको लागि १८ करोड ६५ लाख बढी रकममा श्री शर्मा गजुरमुखी जे.बि. निर्माण कम्पनीले ठेक्का कबुल गरेको छ। हाल ठेक्का सम्झौताको चरणमा रहेको नगरपालिकाको कार्यलयले जनाएको छ। ठेक्का सम्झौता सकिए लगत्तै अस्पताल निर्माणको कामलाई तिव्रता दिने निर्माण कम्पनीको योजना रहेको छ।