काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्ने बताएकी छन्। ‘क्रिसमस डे’का अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।
कार्यक्रममा बोल्दै समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्ने विषयमा उनले जोड दिएकी हुन्।
उनका अनुसार विभिन्न सांस्कृतिक पहिचान एवम् धार्मिक संस्कृतिले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ। सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउनका लागि सबैको एकता अनिबार्य रहेको उनले बताइन्।