काठमाडौं । सरकारले चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने बताएका हुन् ।
उनले चेपाङ समुदायको बासको आवश्यकतालाई महसुस गरी आवास कार्यक्रम ल्याउने योजना बनाएको बताएका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको समेत बताए ।