मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईं र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले शुक्रबार संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
भवन भारत सरकारको सहयोगमा निर्माण हुन लागेको हो । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरू २.८१ करोड परियोजना लागतमा विद्यालय भवन निर्माण हुने भएको छ ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ ।