काठमाडौं। सप्तरीको बुढीलाल बिधा मुनार नमुना माध्यमिके विद्यालयले भग्वत्पुर विद्यालयको प्राग्न्नमा सभाहल निर्माण गर्ने भएको छ। बुढीलाल बिधा मुनार नमुना माध्यमिक बिद्यालय भग्वत्पुर, बढारी, ७ सप्तरीले सो सभाहल निर्माण गर्न लागेको हो।
विद्यालयले विद्यालयको विभिन्न गतिविधिहरु यसै हलबाट प्रस्तुत गर्ने भएको छ। विद्यालयमा हुने अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्नको लागि हाल सम्म सभाहल नभएको कारणले विद्यालयले सभाहल निर्माण गर्ने योजना अघि बढाएको हो। सभाहल निर्माण भएपछि विद्यालयमा हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने भएको छ।
विद्यालयको वार्षिक उत्सव, साप्ताहीक कार्यक्रम, विद्यालय व्यवस्थापन समितिको भेला साथै अन्य कार्यक्रमहरु गर्न सो सभाहलको प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिको योजना रहेको छ। सभाहल निर्माण कार्यले शिक्षक तथा विधार्थी दुवैलाई हौस ला मिल्ने साथै अध्ययन अध्यापनको गतिविधि पनि थप गुणस्तरीय हुने देखिएको छ। यसले शैक्षिक क्षेत्रो विकासमा पनि टेवा पुग्ने देखिएको छ। उक्त विद्यालयले सभाहल निर्माणको लागि ठेक्का आह्वान समेत गरिसकेको छ। सभाहल निर्माणको अनुमानित लागत १ करोड भन्दा बढी रहेको छ।