पोखरा बाट बेनी जाने बाटोमा पहिरोको कारणल बाटो भासियको छ । धिमुवा देखि कुश्मा सम्मको बिच सडक अत्याधिक वर्षाको कारणले पहिरो गयर बाटोे भासिन गई सवारि साधन आवतजावतमा अबरुद्ध भयको छ ।
सोहि बमोजिम एक ठाउमा मात्र नभइ धेरै ठाउमा पहिरो गयकोले सवारि साधन रोक्किन गई त्यहाँका बासिन्दाहरुले हिँडेर नै लामा यात्रा पार गर्नुपरेको कुरा बेनिको बासिन्दा पुजा बानियाले बताउनु भयो । उहाँको अनुसार उक्त सडक एक हप्ता भन्दा बढि समय पनि लाग्नसक्ने सम्भावना देखियको छ ।
यसले गर्दा त्यहाँ बसोबास गर्ने कोहि बिरामी परेमा समयमै अस्पताल पुर्याउन नसक्दा बिरामीका मृतुसम्म पनि हुनसक्ने तथा आन्तरिक तथा वाह्य पर्यटकहरुमा पनि ह्रास आउने हुदा त्यस क्षत्रमा सरकारको ध्यानआकर्षण हुन सकेमा त्यहाँका बासिन्दाहरुलाई राहत हुने थियो ।