काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं भ्युटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर सुनिता डंगोल पनि भत्काउनुपर्ने पक्षमा देखिएकी छन् । पत्रकारहरूसँगको भेटघाटमा उपमेयर डंगोलले काठमाडौं भ्यूटावर औचित्यहीन रहेको बताएकी हुन् ।
उनले महानगरको विवादको इपिसेन्टर बनिरहेको पुरानो बसपार्कको भ्युटावर अनावश्यक भएको बताएकी छन्। जे प्रयोजन र उद्देश्यका लागि लिइएको हो त्यसैका लागि प्रयोग हुनुपर्ने भन्दै उपमेयर डंगोलले जनतालाई ढाँट्न नहुने बताइन् । उनले बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्नु जरुरी नभएको धारणा राखिन् ।
उनले भनिन्,‘ जहिले पनि म पिपुल्स फस्टको पक्षमा हो । जनतासँग जे गर्छु भनेर लिइएको हो, त्यसैमा प्रयोग हुनुपर्छ मेरो स्पष्ट मान्यता छ । हिजोका मान्छे छैनन् भन्दैमा आजको पुस्तालाई थाहा छैन भनेर ढाँट्न पाइँदैन ।’