सुनसरी । सुनसरीको धरानमा निर्माणाधीन धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन बसपार्कको भौतिक प्रगति ९८ प्रतिशत पुगेको हो ।
बसपार्कको वित्यि प्रगति भने ९६ प्रतिशत पुगेको छ । बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका काम पूरा भइसकेको छ । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङलगायत काम सम्पन्न भइसकेका छन् भने बसपार्क अगाडि केही बाटोको काम भइरहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।
सङ्घीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट निर्माण भइरहेको बसपार्क निर्माणका लागि २३ करोड १५ लाखमा ठेक्का सम्झौता भएको थियो ।