काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वडाको झिँमा एक करोड ४८ लाखको लागतमा दुई तले सभाहल सहितको भवन निर्माण सम्पन्न भएको हो ।
आव २०७९/८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । रु ७१ लाख ६६ हजार ४१५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो ।
चालु आर्थिक वर्षमा विनियोजन भएको रु २७ लाख बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए ।