काठमाडौं । तनहुँको व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भवनको गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आज शिलान्यास गरेका हुन् ।
व्यास नगरपालिकाको रु एक करोड १८ लाखमा निर्माण गर्न लागिएको भवन तीन तले हुनेछ । जसमा वडाध्यक्ष, सचिवको कार्यालय, सभाहल हुनेछ ।
भवन शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य श्रेष्ठले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले धेरै समयको प्रयासपश्चात् वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्राप्ति भएको बताए ।