काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको ४ तले आधुनिक प्रशासकीय भवन उद्घाटन भएको छ । सोमबार पूर्वमन्त्री कर्णबहादुर थापाले भवनको उद्घाटन गरेका हुन् ।
१० करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको भवनमा २४ कोठा र लिफ्टसहितको सुविधा छ । नगरप्रमुख रामबहादुर बाँनियाका अनुसार सेवाग्राहीमैत्री बनाउन भवनमा आवश्यक सुविधा समेटिएको छ ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख देवराज जोशी, सांसद तथा पूर्वमन्त्री नरेशकुमार शाही, पदमबहादुर शाहीलगायत प्रतिनिधिसभा र संविधानसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।