काठमाडौं। दोलखाको गौरीशंकर गाउँपालिका स्थित तिनेखु खोलामा आरसीसी पुल निर्माण हुने भएको छ। नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यलयले सो पुल निर्माण गर्न लागेको हो।
गौरीशंकर गाउँपालिकामा रहेको तिनेखु खोलामा पुल नहुँदा स्थानीयहरुले लामो समयदेखि सास्ती खेप्दै आएका छन्। उनिहरुका लागि वर्षातको समयमा आफ्नो ज्यान नै जोखिममा राखेर यात्रा गर्नुको अर्को विकल्प छैन्। खोलामा पुल नहुँदा खाद्यान्न जस्ता दैनिक उपभोग्य वस्तुहरुको ढुवानीमा पनि समस्या भएको छ। यसैगरी विधार्थीहरुलाई विद्यालय जान साथै कार्यलय जान पनि कठिन भएको छ। यस्ता समस्याहरुलाई समाधान गर्ने उद्देश्यले पूर्वाधार विकास कार्यलयले सो स्थानमा पुल निर्माण गर्नको लागि ठेक्का आह्वान समेत गरिसकेको छ।
पुल निर्माण भएपछि स्थानीयलाई यात्रा गर्न सहज हुने भएको छ। तिनेखु खोलामा पुल निमार्ण हुने भएपछि स्थानीयवासीहरु खुसी भएका छन्। यसले पूर्वाधार विकासमा पनि टेवा पुग्ने देखिएको छ।