धनकुटा। जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।
परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरू निर्माण भएका हुन् ।
नवनिर्मित भवनको उद्घाटन समेत भइसकेकाे छ। नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रूपैयाँ ८५ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।