काठमाडौं । भोजपुर जिल्लाको भोजपुर नगरपालिका ९ को प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । वडाको पानीट्याङ्की नजिक सबैलाई पायक पर्ने स्थानमा भवन निर्माण गरि सेवा प्रवाह सुरु भएको हो ।
भवन निर्माणका लागि स्थानीय ललित तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गरेका थिए ।
आफ्नै वडामा कार्यालय भवन निर्माण भएर सेवा प्रवाह भएपछि सहजता भएको स्थानीय बताउँछन् । यसअघि आफ्नै भवन नहुँदा वडाको कार्य सम्पादनमा समस्या हुनुका साथै माथिल्लो भेगका नागरिकलाई वडा कार्यालय पुग्न समेत समय लाग्ने गरेको थियो ।