काठमडौं । गोरखाको सहिद लखन गाउँपालिका भवनको आज उद्घाटन गरिएको छ । वडा नम्बर ६ घैरुङमा निर्माण भएको भवनको मंगलबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका हुन् ।
८ करोड ४३ लाख ११ लागतमा २१ रोपनी क्षेत्रफलमा भवन निर्माण भएको हो । भवनमा ५२ वटा कोठा रहेको पालिकाले जनाएको छ ।
भवन उद्घाटनपछि बोल्दै प्रचण्डले व्यवस्थाप्रति नकारात्मक भाष्य निर्माण भइरहेको भन्दै व्यवस्थाको रक्षा गर्न अपिल गरेका छन् । उनले बूढीगण्डकी जलविद्युत आयोजना बन्ने र बन्नैपर्नेमा जोड दिए ।
‘‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ। ”उनले भने, “बूढीगण्डकी आयोजना निर्माणमा ढिलाई हुँदा जनतालाई धेरै पीडा भइरहेको छ । यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका छौ ।” सङ्घीय शासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरुका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए।