काठमाडौं । डल्लुस्थित सामुदायिक सेवा परिषदको परिसरमा अस्पताल भवन निर्माण गरिएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा ४ करोड ३३ लाखको लागतमा अस्पताल भवन निर्माण गरिएको हो।
पाँच तलाको भवन भूकम्प प्रतिरोधात्मक छ। त्यसमा शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्षसहितको ३० शय्या छन् । नवनिर्मित भवनबाट अब छिट्टै अस्पतालको सेवा सञ्चालन हुने बताइएको छ । करिब साढे दुई रोपनी क्षेत्रफल रहेको परिषदमा भवन निमार्ण भएपछि सेवासविधा पनि थप हुने भएको छ ।
करिब तीन दशकदेखि ओपिडी सेवा सञ्चालन गरेको परिषदले सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी नमूना अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ ।