मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मुस्ताङ जिल्ला पार्टी कार्यालयको भवन उद्घाटन भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास बौद्ध परम्पराअनुसार गरिएको छ । भवन ६ कोठाको बन्ने छ । भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकले जानकारी दिए ।